विश्व पर्यटन दिवसमा तीन नयाँ गाउँ गन्तव्य घोषणा, पर्यटन क्षेत्रमा उत्कृष्टलाई सम्मान

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले यो वर्ष देशभरबाट तीनवटा नयाँ गाउँ गन्तब्य छनौट गरी घोषणा गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीनवटै गाउँका प्रतिनिधिहरुलाई गन्तब्य गाउँको प्रमाणपत्र प्रदान गर्नुभयो ।

भिटोफ नेपालका उपाध्यक्ष दिपक दाहालले देशभरबाट तीनवटा गाउँलाई नमूना पर्वटकीय गाउँ घोषणा गर्नुभएको थियो। धादिङको रुबीभ्याली गाउँपालिका ४ चालिस गाउँ, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ घुन्सा, बागलुङको काठेखोला गाउँपालिका ४, फापर खेत झुलेनी गाउँलाई नयाँ गाउँ गन्तव्यको रुपमा छनौट भएका हुन् । पर्यटनका संभावना बोकेको तर पर्यटनबाट लाभ लिन नसकेका गाउँलाई भिटोफ नेपालले पर्यटन गन्तव्य गाउँ घोषणा गरेको उपाध्यक्ष दाहालले बताउनुभयो ।

दिवसका अवसरमा पर्यटन क्षेत्रमा उल्लेख्य काम गरेका विभिन्न कम्पनीहरु सम्मानित भएका छन् । सबैभन्दा बढी पर्यटक भित्र्याउन सफल कतार एयरवेज सम्मानित (३ लाख ९९ हजार ३३६ पर्यटक) भयो ।

त्यसैगरी बसैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने ल्फाईट कनेक्सन (९४ लाख, ५३ हजार २८३ अमेरिकी डलर), निजी क्षेत्रमा कालिञ्चोक दर्शन प्रा. लि., धेरैलाई रोजगार दिन सफल सोल्टी होटल (४०५ जनलाई रोजगारी दिएको), अपांगता भएकालाई रोजगारी दिने वेकरी क्याफे, पर्यटन क्षेत्रमा विशेष योगदान दिने फिस्टेल लज पोखरा, धेरै राजस्व दाखिला गर्न सफल बुद्ध एयर र पर्वतीय पर्यटनमा धेरै राजस्व दिलाउन सफ सेभेन समिट ट्रेकिङ कम्पनी सम्मानित भए । सेभेन समिटले २५ समूहका २ सय ६३ आरोहीबाट ९ लाख ३१ हजार अमेरिकी डलर राजस्व बुझाएको थियो ।

४० औँ विश्व पर्यटन दिवस ‘टुरिज्म एन्ड जव्स, अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले मनाएका हुन् ।

दिवसका अवसरमा आयोजक समितिले शुक्रबार विहान प्रभातफेरीको आयोजना गर्यो । पर्यटकीय क्षेत्र ठमेल स्थित कर्मचारी सञ्चयकोष परिसरबाट शुरु भएको ¥याली नारायणहिटी दरबारको पूर्वतर्फ निर्माण गरिएको गणतन्त्र पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

¥यालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, पर्यठनसंग सरोकार राख्ने विभिन्न संघसंस्थाहरु नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल, गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन), गणेश हिमाल पर्यटन विकास समिति लगायत आधा दर्जभन्दा बढी संघस.स्थाको सहभागीता रहेको थियो ।

औपचारिक कार्यक्रमको उद्घाटन पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले बेलुन उडाएर गर्नुभयो । दिवसका अवसरमा नुवाकोट सामुदायिक होमस्टेले परम्परागत झाँकी प्रदर्शन गरेको थियो ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विश्व पर्यटन दिवसका अवसरमा छुट्टाछुट्टै शुभकामना व्यक्त गर्दै दिवसबाट नेपाली पर्यटन क्षेत्रको विकास, विस्तार र स्थायित्वमा नयाँ आयाम थप्नुका साथै आगामी वर्ष पर्यटन क्षेत्रका लागि सुखद वर्षका रुपमा रहोस् भनी शुभकामना दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार