शुभ दिपावलीको अवसरमा जीटिनको देउसीभैलो

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन)ले शुभदिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गर्यो । दिपावलीको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न संघसंस्थामा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिइएको थियो ।

काठमाडौंको ठमेल पकनाजोल स्थित गोकर्ण हाउस एण्ड रेस्टुरेन्टमा शनिबार आयोजित देउसी भैलो कार्यक्रममा चर्चित गायक मौसम गुरुङ, हिमाल घले लगायत चर्चित लोक गायकले आफ्नो धमकेधार प्रस्तुती दिनुभएको थियो ।

जीटिनले पर्यटन मजदूर कोषमा आर्थिक संकलन जुटाउन उक्त देउसीभैलो कार्यक्रम आयोजना गरीएको जनाएको छ । देउसीभैलोमा ट्रेकिङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल (टान), पर्यटन गाउँ प्रवद्र्धन मञ्च (भिटोफ नेपाल), नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), शेर्पा पर्यटन व्यवसायी संघ (एसटिन), मगर पर्यटन समाज लगायत संघसंस्थाहरु तथा विभिन्न व्यक्तित्वहरु सहभागी भई आर्थिक सहयोग गरेका थिए । टान, नारा, भिटोफ नेपाल, एसटिन लगायत संस्थाका नवनिर्वाचित पदाधिकारीलाई जीटिनले बधाई तथा शुभकामना दिएको थियो ।

देउसीभैलो कार्यक्रमले जीटिनले निर्माण गर्न लागेको पर्यटन मजदूर कोषका लागि आर्थिक संकलनमा सहयोग पुग्ने अध्यक्ष अम्बिर गुरुङले बताउनुभयो ।

देउसीभैलोमा विभिन्न तमू संघ, संस्थाका गुरुङ कलाकारले तमू जातिको स.स्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । यस अघि पनि दिपावलीको अवसरमा देउसीभैलोको आयोजना गरी जीटिनले मिर्गौलाका रोगीहरुलाई आर्थिक सहयोग प्रदान गरेको थियो ।

जीटिन देउसीभैलो कार्यक्रमका केहि तस्विरहरु ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार