नया आईजीपीमा ठाकुर ज्ञवाली ।

डीआईजी ठाकुर ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको छ । मंगलबार बसेको बैठकले नेपाल प्रहरीको नयाँ आईजीपीमा डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षकबाट सर्वेन्द्र खनालले अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी नियुक्तिको निर्णय गरेको हो।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई नयाँ आईजीपी बनाउने प्रस्ताव गरेका थिए । यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै नयाँ आईजीपी नियुक्ति गर्ने भनिए पनि निर्णय हुन सकेको थिएन। उनी प्रदेश १ मा डीआईजी थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार