मेचीकाली विश्व अभियानको प्रगति बिबरण सार्वजानिक, थाक्ची शेर्पा सर्वाधिक रकमदाताका रुपमा सम्मानित । ।

सोलुखुम्बु फेरा निबासी थाक्ची शेर्पाले सोलुखुम्बु बहुमुखी क्याम्पसद्धारा सञ्चालित मेचीकाली विश्व अभियानलाई सवै भन्दा बढी रकम सहयोग गरेका छन् । उनले व्यक्तिगत रुपमा १ लाख १५ हजार नगद सहयोग हुन । सोलुखुम्बु बहुमुखी क्याम्पसद्धारा सञ्चालित मेचीकाली विश्व अभियानको बार्षिक प्रगति विबरण सार्वजानिक तथा ईच्छादान कार्यक्रममा अभियान शुरु भएको एक बर्षको अबधिमा सवै भन्दा बढी रकम सहयोग गर्ने दाताका रुपमा शेर्पा सम्मानित भएका हुन ।

अभियान अन्तरगत एक बर्षको अबधिमा ३५ लाख ९३ हजार ६ सय १७ रुपैया संकलन भएको बिबरण सार्वजानिक गरिएको छ । जसमा १ हजार ९ सय ३ जना सहभागी भएका छन् । यी विबरणहरु क्याम्पसको बेभसाईडमा राखिएको र सरोकारवालाहरुले त्यहाबाट जानकारी लिन सक्ने क्याम्पस प्रमुख उद्धव कुमार शर्माले बताए ।

यस्तै आईतबार भएको ईच्छादान कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाले ३० लाखको चेक हस्तान्तरण गरेको छ । नगरपालिकाको तर्फबाट १ करोड सहयोग गर्ने प्रतिवद्धता अनुसार पहिलो चरणमा ३० लाख रकम हस्तान्तरण गरिएको मेयर नाम्गेल जाङबु शेर्पाले बताए । कार्यक्रममा क्याम्पस संचालक समिती सदस्य तथा काग्रेस नेता प्रकाससिहं कार्कीले १० लाख १ सय ११ रुपैया प्रदान गरेका छन् भने शेर्पा सघं सोलुखुम्बुका अध्यक्ष पासाङ काजी शेर्पाले १ लाख १० हजार सहयोग गरेका छन् ।

आज एकै दिन ४४ लाख २८ हजार ८ सय २२ रुपैया संकलन भएको छ । दक्षिण कोरिया र बेलायतमा उपसमिती गठन भई रकम संकलन भईरहेको क्याम्पस प्रमुख शर्माले बताए ।

रजत महोत्सवको अबसरमा शुरु गरिएको मेचीकाली अभियान ५ बर्षभित्र पुरा गर्ने र १ अर्व रकम संकलन गर्ने तथा सोही रकम परिचालन गरी शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने अभियानको उद्धेश्य रहेको छ ।

ट्राभल्स, टुरिजम् र माउन्टेनियरिङ कोर्समा ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार छात्र छात्रा, विभिन्न २५ राष्ट्रका २५ जना र अति पिछडिएका समुदायबाट १३ जना गरी पाँच सय जनालाई खान बस्न सहित निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने, आगामी पाँच वर्षभित्र पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराउने अभियानको लक्ष्य रहेको छ ।

कार्यक्रममा धेरै रकम संकलक, धेरै जनसहभागीता गराउने र सर्वाधिक रकम दान गर्नेहरुलाई सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रमको उद्द्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार