राईड डाउनहिलको उपाधि सोलुखुम्बुका शेर्पालाई ।

हात्तीवन हिल फर्पिङमा  भएको हिमालयन आउटडोर फेस्टिभल एडभेन्चर स्पोर्टस् अन्तरगत साईकल राईड डाउनहिलको उपाधि सोलुखुम्बुमा ग्याल्जेन शेर्पाले जितेका छन् ।

नेपाल पर्यटन वर्ष २०२० अन्तर्गतको एक विशेष कार्यक्रमको रुपमा एडभेन्चर लभरहरुका लागी आयोजना गरिएको प्रतियोगितमा शेर्पाले आफुलाई अब्बल सावित गरेका हुन ।

प्रतियोगितामा ८ विदेशी सहित ३० जनाको सहभागीता रहेको थियो ।खेलमा साईकलका तीन विधा राईड, रक र दौंड, राईड अन्तरगत डाउनहिल, क्रस कन्ट्री, ईलिमिनेट र नाईट अपहिल तथा रकमा बल्डरिङ, डाईनो, र नेचुरल रक क्याईबिङ समावेश गरिएको साईकल रेसर किरण तामाङले जनाकारी दिए ।

सन् २०१२ देखि सुरु भएको आउटडोर फेस्टिभल एडभेन्चर लभर र एथलेट्सका लागि विशेष कार्यक्रम मानिन्छ । फेस्टिभलमा लाइभ म्युजिक, एडभेन्चर फिल्म र माउन्टेन लाइफस्टाइल सम्बन्धी गतिविधि प्रस्तुत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार