सोलुखुम्बुको विभिन्न ठाउमा माउन्टेन लिडर तालिम चल्दै ।

नेपाल पर्वतारोहण सघं (एनएमए)ले आयोजना गरेको माउन्टेन लिडरहरुको अन्तिम चरणको तालिम सोलुखुम्बको विभिन्न ठाउहरुमा गराईने भएको छ । सोलुखुम्बुको पत्ताले हुदै झार्पे, पिकेडाडा, जुनवेशी हुदै फाप्लुसम्मका गतिविधीहरु अध्ययन तथा स्थलगत अबलोकन गरी उनीहरुलाई अध्ययन गराईने भएको तालिमका संयोजक लछुमन तामाङले जानकारी दिए ।

विशेषत हिमाली बाताबरण, प्राकृतिक सौंन्दर्यता र तिनीहरुको स्थलगत अबलोकन अध्ययन तथा भारी हिमपातका कारण जोखिममा रहेकाहरुको उद्धार र आफु सुरक्षित हुने उपायहरुको बारेमा उनीहरुलाई विशेष प्रशिक्षण दिईने संयोजक तामाङले बताए । आकस्मिक परिस्थितीहरुमा खानाको व्यबस्थापन गर्ने देखि लिएर सुरक्षित रहन हिउका सेल्टरहरु कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिईने बताईएको छ ।

२०२० फ्रेबअरी २० तारिखबाट शुरु भएको अन्तिम चरणको तालिम मार्च ९ गतेसम्म सञ्चालन हुने छ । तालिममा ८ पुरुष र ३ जना महिला रहेका छन् ।

यसअघि पहिलो चरणको तालिम ककनीमा र दोस्रो चरणको तालिम रुवी भ्यालीमा गरिएको थियो । तालिम पश्चात उनीहरुले  राष्ट्रिय  माउन्टेन गाईडको मान्यता पाउनेछन् । तालिम नेपाल पर्वतारोहण सघं (एनएमए)को बार्षिक कार्यतालिका अनुसार आयोजना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार