मिर्गौला प्रत्यारोपणका लागी प्रधानमन्त्री ओली अस्पताल भर्ना हुदै ।

योजना आयोगको बैठकको अध्यक्षता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुहुने भएको छ । सिंहदरबारमा बिहान ९ बजेबाट आयोगको १५ औं बैठक हुँदैछ ।

प्रत्यारोपणका लागि ओली सोमबार अपरान्ह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । बहाको बुधबार मिर्गौला रोग विशेषज्ञ तथा सर्जन डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले मिर्गौला प्रत्यारोपण गर्ने बताईएको छ । थापाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने व्यक्तिबारे अनेक अड्कलबाजी भइरहेको भन्दै अहिले व्यक्तिगत सूचना गोप्य नै राखेर पछि मात्र यसबारे जानकारी दिइने बताउनुभयो ।

मिर्गौला प्रत्यारोपणमा नेपालले प्राप्त गरेको सफलताबाट विश्वस्त भएर प्रधानमन्त्री ओलीले नेपालमै दोस्रो पटक प्रत्यारोपण गर्न लागेको सल्लाहकार थापाले बताए ।  प्रधानमन्त्री ओलीको १३ वर्षअघि भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

नेपालमै प्रत्यारोपण गर्दा पनि भारत, सिंगापुर र अमेरिकाबाट विशेषज्ञ चिकित्सकहरू बोलाउने तयारी यसअघि गरिएको थियो। तर अहिले यसबारे कुनै निर्ण नभइसकेको जनाइएको छ। परिस्थिति हेरेर आवश्यक परे भारतबाट पहिले उपचारमा संलग्न चिकित्सकहरू बोलाउने गरी तयारी अवस्थामा राखिएको स्रोतहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार