सोलुखुम्बुका ३ बटा स्वास्थ्य संस्था १५ वेडको अस्पतालमा स्तरोन्नती हुदै ।

पर्यटक प्रबेशद्धारको रुपमा रहेको सोलुखुम्बुको नाम्चेमा १५ वेडको अस्पताल निर्माण हुनेपछि त्यस क्षेत्रका बासिन्दाहरुले खुसी व्यक्त गरेका छन् । सामान्य बाहेकका सेवा लिन जिल्ला बाहिर जानुपर्ने र आश्यक औंषधी र जनशक्ति अभाव सरल सेवा नपाएका उनीहरु स्थानिय स्तरमा नै अस्पताल बन्ने भएपछि खुसी भएका हुन ।

एक पालिका, एक अस्पताल’ बनाउने योजना अनुसार यस वर्ष सोलुखुम्बुका ३ बटा स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गरिने भएको छ । जिल्लाको दुर्गम मानिएका लिखुपिके गाउपालिकामा रहेको चौंलाखर्क स्वास्थ्य चौंकी, माप्य दुधकोशी गाउपालिकाका बासा स्वास्थ्य संस्था र खुम्बुपासाङ ल्हमु गाउपालिकामा रहेको नाम्चे स्वास्थ्य संस्था यस बर्ष स्तरोन्नतीको सुचीमा परेका छन् ।  ति स्वास्थ्य संस्थाबाट सामान्य सेवा लिदै आएका त्यस क्षेत्रका बासिन्दाहरुले अस्पताल निर्माणले सरल स्वास्थ्य सेवा पाउने आशा गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी देशभरका २ सय ३६ स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गर्न लागिएको जानकारी दिएको हो । अधिल्लो वर्ष सरकारले २ सय ५१ पालीकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम प्रारम्भ भइसकेको छ । यस वर्षका लागि स्तरोन्नती गर्ने भनिएका २ सय ३६ पालिकाका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पठाइसकेको मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार