श्रमिक महिला दिवसको अबसरमा शेर्पालाई दुई बटा पुरस्कार ।

पहिलो शेर्पा महिला पत्रकारको रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएका सोलुखुम्बुका डोमा शेर्पा विभिन्न पुररस्कारबाट सम्मानित हुनुभएको छ ।

११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर नेपाल पत्रकार महासघं महिला समितीद्धारा आयोजित महिला पत्रकार सास्कृतिक महोत्सव २०७६ बाट सम्मानित हुनुभएको हो । यस्तै श्रमिक दिवसकै अबसरमा राष्ट्रिय नागरिक विकास समाजद्धारा राष्ट्रिय शाहसी पत्रकारिता २०७६ समेत बहालाई प्रदान गरिएको छ ।

पत्रकारिता पेशाका चुनौंती र महिला पत्रकार समाजका हिस्सा हुन भन्ने सन्देश सर्वोच्च शिखरमा पुर्याउन सफल हुनु भएर उदाहरणीय कार्य गरेको भन्दै यसअघि पनि विभिन्न सघंसस्थाद्धारा बहालाई सम्मान गरिएको थियो । यस्ता सम्मानले आफुलाई प्रेरणा र हौंसला मिलेको भन्दै सञ्चार जगतमा अझ सशक्त भएर लाग्ने बहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार