नेपाल ओलम्पिक कमिटीद्धारा प्रादेशिक कमिटी गठन

नेपाल ओलम्पिक कमिटि (एनओसी)ले प्रादेशिक कमिटी गठन गरेको छ । पोखरामा जारी एनओसीको बोर्ड बैठकले संघीय संरचना अनुसार सातै प्रदेशमा संयोजक तोकेको हो । बैठकले प्रदेश एकको इन्चार्जमा पिताम्बर तिम्सिनालाई संयोजक तोकेको छ ।

प्रदेश दुई मा तीन जना संयोजक तोकिएको छ भने गण्डकी प्रदेश र प्रदेश ५ मा दुई–दुई जना संयोजक तोकिएको छ । प्रदेश दुईमा अशोक बज्राचार्य, रामजी बहादुर श्रेष्ठ र प्रकाश शम्शेर राणा, बागमती प्रदेशमा सुनिलकुमार श्रेष्ठ, गण्डकी प्रदेशमा तेज गुरुङ र टासी घले, प्रदेश पाँचमा तुलसा थापा र दीर्घबहादुर केसी, कर्णाली प्रदेशमा दिपकहर्ष बज्राचार्य र सुदुरपश्चिम प्रदेशमा रतन टण्डनलाई इन्चार्ज तोकेको छ । प्रदेश कमिटिले संघीय संरचना अनुसार प्रदेशको खेलकुद गतिविधिको संयोजन गर्ने जिम्मेवारी पाएको छ । सात प्रदेशमा ११ जना संयोजक तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार