माप्यदुधकोशी गाउपालिकाको बाघलडेमा रक क्याईम्विङ गर्न सकिने ।

सोलुखुम्बुको माप्यदुधकोशी गाउपालिकाको बासा खास्ताव स्थित बाघलडे भिरमा चट्टान आरोहण (रक क्याईम्विङ) को सम्भाव्यता अध्ययन कार्य पुरा भएको छ । कविराज राईको संयोजकत्वमा गठित ९ सदस्यीय अध्ययन समितीले गत फागुनको पहिलो साता गाउपालिकाभित्रका विभिन्न ठाउहरुको अध्ययन अबलोकन गरी बाघलडे भिरलाई उपयुक्त ठानेको हो ।

बाघलडे भिरमा रक क्याईम्विङका लागी सम्भाव्यता अध्ययन गर्दै । फोटो :- जुनिता मगर
फोटो :- जुनिता मगर

बाघलडे भिरमा चट्टान आरोहण (रक क्याईम्विङ) का लागी ३ बटा विकल्पहरु अघि सारेका छन् । १४ मिटर, साढे १४ मिटर र १५ मिटरको उचाईमा क्लाईम्विङ गर्न सकिने अध्ययन समितीको प्रतिवेदनमा उल्लेख छ । पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्धनका लागि गाउपालिकाले आफै बजेट विनियोजन गरी सम्भाव्यता अध्ययन गरेको हो । जसका लागी यस आर्थिक बर्षमा ५ लाख बजेट विनियोजन भएको गाउपालिकाकी उपाध्यक्ष जुनिता माया मगरले जानकारी दिनुभयो ।

फोटो :- जुनिता मगर

स्थानिय तह हुदै राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चट्टान आरोहणको कला पुर्याउने र गाउपालिकालाई आन्तरीक र बाह्य पर्यटकको केन्द्रविन्दु बनाउने कार्यक्रमको उद्धेश्यले रहेको छ । चट्टान आरोहण (रक क्याईम्विङ) निकट भविष्यबाट नै शुरुवात गर्ने गाउपालिकाकी उपाध्यक्ष मगरले बताउनुभयो ।

सोलुखुम्बु जिल्लाको लागी रक क्लाईम्बिङको सम्भाव्यता अध्ययन गरिएको यो नै पहिलो हो । यस अघि सोलुदुधुकण्ड नगरपालिकाको चियोङ भिरमा ग्रेट हिमालयन ट्रेल कार्यक्रम मार्फत सम्भाव्यता अध्ययनका लागी तयारी गरिएको थियो । त्यसबखत प्राविधिक कारण देखाउदै अध्ययन स्थगीत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार