कोरोना त्रासका कारण नाम्चेका होटलहरु बन्द गरिए ।

सोलुखुम्बु नाम्चेका सबै होटलहरु शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कोरोना भाईरसको संक्रमण भित्रन सक्ने भन्दै त्यहाका व्यबसायीहरुले अनिश्चितकालका लागि होटलहरु बन्द गरेका नाम्चेका होटल व्यबसायी लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

हालका लागी जोखिम न्युनिकरणका लागी मात्रै यस्तो निर्णय गरिएको होटल एसोसिएसन नाम्चेका उपाध्यक्ष निमाडोमा शेर्पाले बताउनुभयो । कोरोनाकाे त्रास न्यून भएपछि सूचना प्रकाशित गरी होटल खुलाइने एशोसियशनले जनाएकाे छ । होटल बन्द भएपछि त्यहाँका होटलहरुमा काम गर्दै आएका मजदुरहरुलाई घर फर्काईएको छ ।

सरकारले पर्वतारोहण लगाएतका गतिविधीहरु तत्कालका लागी स्थगीत गरेपछि सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल समेत सुन्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार