कोरोनासम्बन्धी राहत कोष आफुखुसी नबनाउन सरकारको आग्रह ।


सरकारले आफूखुसी कोरोनासम्बन्धी राहत कोष नबनाउन आग्रह गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आफूखुसी कोषहरु बनाउन रोक लगाएको हो । सरकारले कोरोना भाइरस उपचार कोष बनाएको छ । तर प्रदेशहरुले पनि आ-आफ्नो कोष बनाएको छ भने निजी क्षेत्रले पनि आफूखुसी राहत कोष बनाएर रकम जम्मा गर्न थालेका छन् ।

सरकारले नै केन्द्रीय कोष बनाइसकेकाले सबैले यही रकम जम्मा गर्नु उपयुक्त हुने समितीले जनाएको छ । सरकारका प्रवक्ता डा. खतिवडाले कुनै पनि संस्थाले कोष खडा गरिसकेको भए त्यो कोषमा आफू मातहतका संस्था, कर्मचारी वा निकायका व्यक्तिहरुको मात्र रकम संकलन गर्ने र त्यो रकम प्रत्येक हप्ता केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार