नगरका ५१ परिवारलाई राहत वितरण, टोलका सबैलाई घरभाडा छुट ।

स्वर्णिम सारथी संस्था सोलुखुम्बले कोरोना भाईरस कोभिड १९ का कारण समस्यामा परेका ५१ घरपरिवारलाई राहत वितरण गरेको छ । संस्थाका पदाधिकारीहरु र स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट सहयोग रकम संकलन गरी उनीहरुलाई राहत वितरण गरेको संस्थाका अध्यक्ष माया शेर्पाले बताउनुभयो ।

राहत बुझ्दै टोलमा अतिविपन्न परिबारहरु
राहत बुझ्दै अतिविपन्न परिबारहरु

सोलुदुधकुण्ड नगरपालिकाको बडा नम्बर ४, ५ र ६ का अध्यक्षहरुसग अनुमति माग्दै एकल, अपाङगता भएका र अति विपन्न परिवारलाई उक्त राहत सहयोग गरिएको संस्थाले जनाएको छ । उनीहरुलाई एक बोरा चामल, २ केजी नुन र आधा लिटर तेल सहयोग गरेको हो । सहयोग पाएपछि उनीहरुले संस्थालाई धन्यवाद दिएका छन् । गरिवीले चुलो नबलेका घरहरुमा संस्थाको तर्फबाट थोरै भएपनि राहत सहयोग गर्न पाउदा ज्यादै खुसी लागेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

राहत वितरणबारे जानकारी दिनुहुदै संस्थाका अध्यक्ष माया शेर्पा

 

 

संस्थाले अझै केही ठाउहरुमा तत्कालै राहत वितरण गर्ने जनाएको छ भने कोरोना भाईरसको संक्रमणबाट बच्न १ हजार थान माक्स सरोकारबाला निकायहरुलाई वितरण गर्ने तयारी गरेको जनाएको छ ।

यस्तै नया बस्ती टोल सुधार समिती सोलुदुधकुण्ड नगरपालिका बडा नम्बर ५ ले टोलका अतिविपन्न १४ घरपरिवारलाई शनिबार राहत वितरण गरेको छ । आर्थिक अबस्था नाजुक भएका अति विपन्न परिवारलाई ३० केजी चामल, १/१ केजीका दरले नुन, तेल र चिया रङ तथा ३ ओटा हातधुने सावुन वितरण गरेको संस्थाका सचिव लालकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

समितीले उक्त टोलमा घरभाडामा बस्दै आएकाहरुको एक महिनाको भाडा छुट दिने निर्णय गरेको छ । बडा नम्बर ५ का बडासदस्य दावा शेर्पाको पहलमा कोठा भाडा लिई होटल, खुद्रा व्यबसाय र डेरामा बस्नेहरुको एक महिनाको भाडा छुट दिने निर्ण गरेको समितीले जनाएको छ । टोलको नै भाडा छुट गराएको जिल्लाको नै यो पहिलो उदाहरणीय कार्य भएको भन्दै भाडाबालहरुले समितीप्रति धन्यवाद दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार