साफ महिला फुटबलमा नेपालले श्रीलंकाको सामना गर्दै ।

साफ महिला फुटबल च्याम्पियनसिपमा आज (सोमबार) नेपालले श्रीलंकाको सामना गर्ने भएको छ ।

साफ महिला फुटबल च्याम्पियनसिपमा आज (सोमबार) नेपालले श्रीलंकाको सामना गर्ने भएको छ । पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपाल सोमबार लगातार दोस्रो जितको खोजीमा रहेको हो। खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुने भएको छ । सोमबारको खेलमा नेपाल विजयी वा बराबरीमा रोकिएपनि समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

नेपाल पराजित भएको अवस्थामा भने समूहबाट सेमिफाइनल पुग्ने समीकरण रोचक बन्ने छ । समूहमा एक खेलबाट नेपालको ३ अंक छ । दुई खेलबाट ३ अंक जोडेको भुटान दोस्रो स्थानमा रहेको छ । श्रीलंकाविरुद्धको खेलमा भुटान ५–० ले विजयी भएपछि समूहको सेमिफाइनल समीकरण रोचक बनेको हो ।

नेपाल र श्रीलंका दुवै देशका लागि आजको खेल समूहको अन्तिम खेल हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार